You are viewing the translated version of अनुसन्धान केन्द्र सम्बन्धी व्यवस्था.

Section 54
अनुसन्धान केन्द्र सम्बन्धी व्यवस्था
: (१) नेपाल सरकारले पारमाणविक पदार्थ सम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्ने प्रयोजनको लागि एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको अनुसन्धान केन्द्रको काम, कर्तव्य र अधिकार
देहाय बमोजिम हुनेछः-
(क) रेडियोधर्मी तथा पारमाणविक पदार्थ र प्रविधि सम्बन्धी ज्ञान अभिवृद्धिका लागि आवश्यक दक्ष जनशक्तिको विकास गर्ने,
(ख) बिभिन्न प्रकारका विकिरणको प्रभावबाट हुन सक्ने सम्भाव्य नकारात्मक प्रभावको नियन्त्रण सम्बन्धमा अध्ययन अनुसन्धान गरी नेपाल सरकारलाई सुझाव दिने,
(ग) नेपालमा प्राकृतिक रुपमा उपलब्ध हुन सक्ने रेडियोधर्मी एवं पारमाणविक पदार्थको सम्बन्धमा विस्तृत अध्ययन, अनुसन्धान गर्ने,
(घ) स्वास्थ्य, कृषि, पशु, उद्योग, पुरातात्विक वस्तुको संरक्षण, भूमिगत जलस्रोत एवं भौतिक पूर्वाधार विकास र खाद्य पदार्थको सुरक्षित भण्डारणको लागि पारमाणविक प्रविधिको सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने,
(ङ) साइक्लोटन प्रविधिको विकास गरी सो प्रविधिबाट स्वदेशमा नै रेडियो आइसोटप्स उत्पादन गर्ने,
(च) आन्तरिक तथा बाह्य कारणबाट नेपाल राज्यभित्र विकिरणका प्रभाव मूल्याङ्कन गरी सोको कारण तथा नियन्त्रण एवं क्षतिपूर्तिका सम्बन्धमा अध्ययन गरी निर्देशक समितिमा पेश गर्ने।